Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

न्याय सेवाका एक सचिवसहित १७० कर्मचारीको सरुवा (सूचीसहित)

न्याय सेवातर्फ चार सहसचिव सचिवमा बढुवाका लागि सिफारिस भएका छन् । न्याय सेवा आयोगका अध्यक्ष प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा सोमबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो ।

जसमा सर्वोच्च अदालतका सहरजिष्ट्रार मानबहादुर कार्की रजिष्ट्रारमा, महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता सूर्यराज दाहाल सचिव बढुवा भएर बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा पदस्थापन भएका छन् ।

यस्तै सत्य निरूपण तथा मेलमिलाप आयोगको कायममुकायम सचिव निर्मला अधिकारी सचिव बढुवा भएर सत्य निरूपण तथा मेलमिलाप आयोगमै पदस्थापन भएकी छन् । यस्तै निर्वाचन आयोगका सहसचिव निर्मला दाहाल सचिवमा बढुवा भएर नेपाल कानून आयोगको सचिवमा पदस्थापन भएकी छन् ।

आयोगको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव खेमराज ज्ञवालीलाई नायव महान्यायाधिवक्ताको जिम्मेवारीसहित महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरेको छ ।न्याय समूहका ८४ जना उपसचिवको सरुवा गरिएको छ । प्रधानन्यायाधिश प्रकाशमान सिंह राउतको अध्यक्षतामा सोमबार बिहान बसेको न्याय सेवा आयोगको बैठकले सरुवा गर्ने निर्णय गरेको हो ।

ऋण असुली न्यायाधिकरणका स्रेस्तेदार देवेन्द्र ढकाल सर्वोच्च अदालतको उपरजिस्ट्रारमा सरुवा भएका छन् । धादिङ जिल्ला अदालतका स्रेस्तेदार माधव भण्डारी सर्वोच्च अदालत, चितवन जिल्ला अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्य, नवलपुर जिल्ला अदालतका गम्भीर घिमिरे काभ्रेपलान्चोक जिल्ला अदालतका कर्णबहादुर राई पनि सर्वोच्च अदालतमा सरुवा भएका छन्। बैठकले न्याय सेवाका ८४ जना उपसचिव, कानून समूहका ३ जना उपसचिव, न्याय सेवाका ६३ जना शाखा अधिकृत, कानून समूहका १९ जना अधिकृतको पनि सरुवा गरेको छ ।

हेर्नुस् सूची