शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सर्वोच्चको मुख्य रजिस्ट्रारमा पौडेल, रजिस्ट्रारमा कार्की

सर्वोच्चको मुख्य रजिस्ट्रारमा पौडेल, रजिस्ट्रारमा कार्की

श्रावण १२, २०८२ सोमवार
श्रावण १२, २०८२ सोमवार
  • सर्वोच्चको मुख्य रजिस्ट्रारमा पौडेल, रजिस्ट्रारमा कार्की

    सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारमा बिमल पौडेल सिफारिस भएका छन् ।

    न्याय सेवा आयोगको सोमबार बसेको बैठकले रिक्त मुख्य रजिष्ट्रारमा पौडेललाई सिफारिस गरेको हो । ५८ वर्षे उमेर हदका कारण मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल सोमबारदेखि सेवा निवृत्त भएका छन् ।

    यस्तै रजिस्ट्रारमा सर्वोच्च अदालतकै सहरजिस्ट्रार मानबहादुर कार्कीलाई सिफारिस गरिएको छ । अब मन्त्रिपरिषद्ले बढुवाको निर्णय गरेपछि उनीहरूको पदस्थापन हुनेछ । ढकाल २०८० पुसमा मुख्य रजिस्ट्रार नियुक्त भएका थिए ।

    सर्वोच्च अदालतको रजिस्ट्रारमा मानबहादुर कार्कीको बढुवा सिफारिस भएको छ । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईंकेलका अनुसार, सेवा निवृत्त ढकाललाई आइतबार एक कार्यक्रमको आयोजना गरि बिदाइ गरिएको थियो ।

    प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतलगायत अन्य न्यायाधीश, रजिस्ट्रार तथा कर्मचारीहरूले बिदाइ गरेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट