Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

लिभरपुल छोडेर बायर्न म्युनिख पुगे लुइस डियाज

बायर्नले डियाजलाई लिभरपुलबाट ७५ मिलियन युरोमा किन्न सहमत भएको छ ।

बायर्नले डियाजलाई ४ बर्षका लागि भित्र्याएको छ । अब डियाजले बायर्नका लागि मेडिकल गरेर सम्झौतालाई औपचारिकता दिने छन् ।

२८ बर्षिय डियाज २०२१ मा पोर्चुगिच क्लब पोर्टोबाट लिभरपुल आएका थिए । उनले लिभरपुलमा १४८ खेल खेल्दै ४१ गोल गरेका छन् ।

लिभरपुलमा डियाजले २०२१-२२ सिजनमा च्याम्पियन्स लिग, गत सिजनमा प्रिमियर लिग, दुई इएफएल कप तथा एफए कप र कम्युनिटी शिल्ड जितेका छन् ।