शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बागमती कांग्रेसलाई एमालेको आग्रह: प्रदेशलाई अस्थिर बनाउन पाइँदैन, छिटो निष्कर्षमा पुग्नुस्

बागमती कांग्रेसलाई एमालेको आग्रह: प्रदेशलाई अस्थिर बनाउन पाइँदैन, छिटो निष्कर्षमा पुग्नुस्

श्रावण १२, २०८२ सोमवार
श्रावण १२, २०८२ सोमवार
  • बागमती कांग्रेसलाई एमालेको आग्रह: प्रदेशलाई अस्थिर बनाउन पाइँदैन, छिटो निष्कर्षमा पुग्नुस्

    बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेको विषयमा सत्ता साझेदार नेकपा एमालेले चाँडो निष्कर्षमा पुग्न आग्रह गरेको छ । संसदीय दलका नेता समेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध पार्टीकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

    मुख्यमन्त्री लामाविरुद्ध कांग्रेसका २१ जना सांसदहरुले हस्ताक्षर गरेका छन् । अविश्वासको प्रस्तावको नेतृत्वकर्ता भने कांग्रेस सांसद इन्द्र बानियाँ रहेका छन् । सोही विषयमा प्रतिक्रिया जनाउँदै एमालेका बागमती प्रदेश सभाका संसदीय दलका नेता जगन्नाथ थपलियाले यसबारे कांग्रेस नै छिटो निष्कर्षमा पुग्न आग्रह गरेका छन् ।

    ‘बागमती प्रदेशको मुख्यमन्त्रीको विषयमा नेपाली कांग्रेसका सांसदहरुबाटै अविश्वासको प्रस्ताव दर्ता भएको कुरा छ,’ थपलियाले भने, ‘यो उहाँहरुको नितान्त पार्टी भित्रको समस्या भएकाले पार्टीको चासो हो । हामीले त्यति ध्यान दिएका छैनौँ । अन्य पार्टीको आन्तरिक मामिलामा चासो राखिराख्न हामीलाई आवश्यक छैन । नितान्त उहाँहरुको विषय हो । जे गर्ने हो छिटो टुंग्याउनुस् भन्ने हो ।’

    उनले सरकारलाई अस्थिरतामा राख्न नहुने र चाँडो समस्याको हल गर्नुपर्नेमा समेत जोड दिए । ‘सरकारलाई अस्थिरतामा राख्नु हुँदैन, विकासका काममा यसले अवरोध गर्दछ,’ थपलियाले भने, ‘प्रदेश सरकार अस्थिर भयो, विकासका कामहर नहुने भए भन्ने प्रश्न छ । यस्तो कुरा आउनु ठिक होइन । चाँडो भन्दा चाँडो समस्या समाधान हुनुपर्छ । हाम्रो प्रत्यक्ष कुनै हस्तक्षेप, सल्लाह केही पनि हुँदैन ।’

    मुख्यमन्त्री लामाविरुद्ध कांग्रेसका २१ जना सांसदहरुले हस्ताक्षर गरेका छन् । अविश्वासको प्रस्तावको नेतृत्वकर्ता भने कांग्रेस सांसद इन्द्र बानियाँ रहेका छन् । मुख्यमन्त्री लामा नेतृत्वको सरकारले आव २०८२/८३ का लागि ल्याएको बजेटमा कांग्रेसभित्र चर्को विवाद भएको थियो । बजेट विवाद उत्कर्षमा पुग्दा कांग्रेस सांसदहरू सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेका हुन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार