शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बराबरी भयो भारत र इङल्याण्डबीचको चौथो टेस्ट

बराबरी भयो भारत र इङल्याण्डबीचको चौथो टेस्ट

श्रावण १२, २०८२ सोमवार
श्रावण १२, २०८२ सोमवार
  • बराबरी भयो भारत र इङल्याण्डबीचको चौथो टेस्ट

    भारत र इङल्याण्डबीचको चौथो टेस्ट ड्र भएको छ । टेस्टको पाँचौं दिन भारतले ४ विकेट गुमाएर ४२५ रन बनाए पछि खेलको नतिजा आउन नसकेको हो । भारतले खेलको चौथो र पाँचौं दिन ब्याटिंग गरेर केवल ४ विकेट मात्र गुमाएर टेस्ट ड्र गरेको हो ।

    भारतलाई हारबाट बचाउन कप्तान शुभामन गिलले १०३, वाशिंटन सुन्दरले १०१ र रविन्द्र जडेजाले १०७ रन बनाएका थिए । त्यस्तै केएल राहुलले ९० रन बनाएका थिए ।

    यस टेस्टमा भारतले पहिलो इनिंगमा ३५८ बनाएको थियो भने इङल्याण्डले पहिलो इनिंगमा ६६९ रन बनाएको थियो ।

    यो टेस्ट ड्र भएसँगै ५ खेलको सिरिजमा इङल्याण्ड २-१ ले अगाडी रहेको छ । अब लिड्समा जुलाई ३१ देखि सिरिजको अन्तिम खेल शुरु हुने छ ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार