शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एनआइसी एशिया लघुवित्तको स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनआइसी एशिया लघुवित्तको स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

श्रावण ११, २०८२ आइतवार
श्रावण ११, २०८२ आइतवार
  • एनआइसी एशिया लघुवित्तको स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    एनआईसी एशिया लघुवित्तले स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिँदै स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

    संस्थाले साउन ६ गते धरान शाखा, साउन ७ गते लेटाङ शाखा र साउन ९ गते गौरादह शाखामा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमबाट धरानमा ७० जना, लेटाङमा ७२ जना तथा गौरादहमा ७० जना सदस्यहरु लाभान्वित भएका थिए । एन्जल फाउन्डेसनको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा सम्बन्धित शाखाका प्रमुख, जन प्रतिनिधि, एन्जल फाउन्डेसनका प्रतिनिधि एवम् अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा हृदयघात, सर्पदंश, जलन, कुकुरको टोकाइ, पानीमा डुब्ने तथा करेन्ट लागेपछि गरिने प्राथमिक उपचारका सम्बन्धमा जानकार दिइएको थियो भने पाइल्स, फिसर, फिस्टुला जस्ता रोगको रोकथाम तथा उपचारका विषयमा पनि जानकारी दिइएको थियो । साथै वित्तीय सचेतनाका विषयमा पनि कार्यक्रममा छलफल चलाइएको थियो । आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने संस्थाले जानकारी दिएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट