शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नाउपा कार्यवाहक अध्यक्षमा बाँस्तोला, जिम्मेवारीबाट अलगिइन् रञ्जिता

नाउपा कार्यवाहक अध्यक्षमा बाँस्तोला, जिम्मेवारीबाट अलगिइन् रञ्जिता

श्रावण ११, २०८२ आइतवार
श्रावण ११, २०८२ आइतवार
  • नाउपा कार्यवाहक अध्यक्षमा बाँस्तोला, जिम्मेवारीबाट अलगिइन् रञ्जिता

    नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बाँस्तोलालाई दिएकी छिन् । उनले आज पार्टीको कामबाट अलग हुँदै बास्तोलालाई कार्यवाहक दिएकी हुन् । पोखराको जग्गा हडप्ने प्रपञ्चमा श्रेष्ठ पनि जोडिएको खुलेसँगै पार्टीभित्रैबाट पनि उनीमाथि दबाव बढिरहेको छ ।

    पार्टीका संरक्षक समेत रहेका श्रेष्ठका श्रीमान रेशम चौधरीले यसमा जवाफ दिन चुनौति दिएका थिए । यस्तै बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्षलाई २४ घण्टे अल्टिमेटमसहित केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए । नभए ११ गते दिउँसो २ बजे केन्द्रीय समिति बैठकबाट थप निर्णय लिने चेतावनी दिएका थिए ।

    २४ घण्टाभित्र केन्द्रीय समिति बैठक आह्वान नगरेर अध्यक्ष श्रेष्ठले विधानको सुविधा प्रयोग गर्दै कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेकी हुन् । कार्यवाहक दिनुमा भने उनले स्वास्थ्यको कारण देखाएकी छिन् । ‘मेरो स्वास्थ्य अवस्थाका कारण पार्टीको दैनिक कार्य सञ्चालन र महत्वपूर्ण निर्णय प्रक्रियामा मेरो भौतिक उपस्थिति सम्भव नदेखिएकाले पार्टीको कार्यप्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यो निर्णय गरिएको छ,’ उनले कार्यबाहक तोकिएको पत्रमा लेखेकी छिन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट