Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

स्वतन्त्र सांसद सिंहले गरे रविको पक्षमा हस्ताक्षर

राष्ट्रिय स्वतन्त्र पार्टीले असार पहिलो सातादेखि रवि लामिछानेको रिहाइ माग गर्दै हस्ताक्षर अभियान चलाइएको छ ।

अभियानअन्तर्गत हजारौं नागरिकले हस्ताक्षर गरेका छन् । सडक, क्याम्पस, कर्पोरेट अफिसदेखि विमानस्थलसम्म हस्ताक्षर अभियान चलाइएको छ ।

यसै क्रममा स्वतन्त्र सांसद अमरेशकुमार सिंहलेपनि रास्वपाको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन् । आइतबार पार्टीको केन्द्रीय कार्यालयमा पुगेर सिंहले हस्ताक्षर गरेका हुन् ।

सहकारी ठगी मुद्दामा लामिछाने अहिले भैरहवा कारागारमा छन् । लामिछानेको थुनालाई उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले राजनीतिक प्रतिशोध साँधेको रूपमा व्याख्या गर्दै आएको छ ।