Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

परराष्ट्रमन्त्री आरजु राणा र रेशम चौधरीबीच भेटवार्ता, के-के भयो कुराकानी?

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् । बुढानिलकण्ठस्थित निवास पुगेर चौधरीले मन्त्री डा. राणासँग भेट गरेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ घुस डिल प्रकरणमा अख्तियारको छानबिनको दयारामा परेको समयमा चौधरीले मन्त्री डा. राणासँग गरेको यस भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

अध्यक्ष रञ्जितासँग विवाद बढेपछि नागरिक उन्मुक्तिमा शक्तिविहीन बनेका चौधरीले विहिबार मात्र भिडियो सन्देश जारी गर्दै रञ्जितालाई केन्द्रीय समितिको बैठकमा आएर आफूमाथि लागेका आरोपको जवाफ दिन चेतावनी दिएका थिए ।