Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

राष्ट्र बैंकबाट ५० दरका ४२ करोड प्रति नोट छपाइको अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान

नेपाल राष्ट्र बैंकले नेपाली रुपैयाँको ५० दरका ४२ करोड प्रति नोट छपाइ तथा आपूर्तिका लागि बोलपत्र आह्वान गरेको छ ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै नोट सुरक्षित तरिकाले छपाइ गर्नका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको हो ।

बोलपत्र ‘सिङ्गल स्टेज टु इनभेलप’ प्रणालीबाट हुने तथा प्राविधिक प्रस्ताव र मूल्य प्रस्ताव पेस गर्नुपर्ने बताइएको छ । बोलपत्र बुझाउने अन्तिम मिति २०८२ भदौ २३ गते रहेको छ ।