Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

इरानको जेलबाट छुटेका पाँच नेपाली आइपुगे नेपाल

इरानको जेलबाट छुटेका पाँच नेपालीलाई सरकारले नेपाल ल्याएको छ । परराष्ट्र मन्त्रालयले आज (शुक्रबार) दिएको जानकारीअनुसार इरानको जेलमा थुनामा रहेका पाँच नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपछि बिहीबार काठमाडौँ ल्याइएको हो ।

तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) को सहयोगमा उनीहरूलाई स्वदेश ल्याइएको मन्त्रालयले जनाएको छ ।

तर परराष्ट्र मन्त्रालयले उनीहरूको नाम सार्वजनिक गरेको छैन । यसअघि इराजयल र इरानबीच द्वन्द्व हुँदा पनि तीन चरणमा गरी नौं नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको जानकारी मन्त्रालयले दिएको छ ।

pararastra.png