Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

बागमतीमा कांग्रेसका चार मन्त्रीले दिए राजीनामा

बागमती प्रदेशमा नेपाली कांग्रेसका चार मन्त्रीले राजीनामा दिएका छन्।

सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति पर्यटन मन्त्री बिमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधु श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएका हुन् ।

उनीहरूले मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा पत्र ह्वाट्सएपमा पठाएको बताएका छन् । कांग्रेस नेतृत्वको सरकारमा रहेका सोही दलका चार मन्त्रीले सरकार छाडेका हुन् ।