Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

काँग्रेसको पदाधिकारी बैठक बस्दै, मन्त्रीहरु पनि सहभागी हुने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् ।

बैठक आज विहान ९ बजे बुढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै छ । यस बैठकमा सरकारमा सामेल रहेका मन्त्रीहरुपनि सहभागी हुने बताइएको छ ।

बैठकमा समसामयिक राजनीति र सरकारका कामको विषयमा छलफल हुने एजेण्डा रहेको छ ।