शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ६.५१ प्रतिशतले बढ्याे, कस्ताे छ वित्तीय विवरण ?

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ६.५१ प्रतिशतले बढ्याे, कस्ताे छ वित्तीय विवरण ?

श्रावण ८, २०८२ बिहिवार
श्रावण ८, २०८२ बिहिवार
  • सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ६.५१ प्रतिशतले बढ्याे, कस्ताे छ वित्तीय विवरण ?

    सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले ५३ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

    अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले ५० करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंक नाफा ६.५१ प्रतिशतले बढेको छ । बैंकको वितरणयोग्य मुनाफा ४१ करोड ३८ लाख रुपैयाँ रहेको छ । बैंकको लाभांश वितरण गर्ने क्षमता ११.६४ प्रतिशत देखिएको छ ।

    त्यस्तै, बैंकको सञ्चालन मुनाफा बढेर ७७ करोड ४२ रुपैयाँमा भएको छ । बैंकको सञ्चालन मुनाफा पनि १०.०६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले १ अर्ब ८८ करोड ९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । ब्याज आम्दानी १.३६ प्रतिशतले घटेको छ ।

    चुक्तापुँजी ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ र रिजर्भको आकार बढेर क्रमशः ४१ करोड ३८ लाख रुपैयाँ र १ अर्ब ६० करोड ३० लाख रुपैयाँको उचाइमा पुगेको छ ।

    त्यस्तै, बैंकले ५४ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब २ करोड १४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ५.६४ प्रतिशतमा पुगेको छ ।

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १५.१० रुपैयाँ कायम भएको छ भने पीई रेसियो ३०.६५ गुणा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १५६.७१ रुपैयाँ रहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार