Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

तोलामै २१ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २१ सयले बढेर तोलाको एक लाख ९७ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको एक लाख ९५ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर २३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार चाँदी तोलाको २३२० मा कारोबार भएको थियो ।