शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

चार करोड बढीको भ्रष्टाचारमा मुछिएका अधिकारीलाई ५० हजार धरौटी

चार करोड बढीको भ्रष्टाचारमा मुछिएका अधिकारीलाई ५० हजार धरौटी

श्रावण ७, २०८२ बुधवार
श्रावण ७, २०८२ बुधवार
  • चार करोड बढीको भ्रष्टाचारमा मुछिएका अधिकारीलाई ५० हजार धरौटी

    भ्रष्टाचारमा मुछिएका काठमाडौं महानगरपालिकाका निर्देशक डा.शिवराज अधिकारीलाई ५० हजार धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।

    सामाखुसी कोरिडोर अन्तर्गत वसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माणको ठेक्कामा चार करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ ३२ पैसा भ्रष्टाचार गरेको मुद्दामा मुछिएका अधिकारीलाई विशेष अदालतले मंगलबार ५० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।

    उक्त मुद्दामा मुछिएका अधिकारी मंगलवार अदालतमा हाजिर भएर बयान तथा थुनछेक बहसपछि न्यायाधीश तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले ५० हजार धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । उनका अनुसार मङ्गलवार उक्त मुद्दामा प्रतिवादी बनाइएका ७ जनाकै बयान तथा थुनछेक बहस सकिएको छ ।

    अब यही साउन १८ गतेदेखि मात्रै विशेष अदालतमा पेसी तोकिने भएकाले त्यसपछि उक्त मुद्दाको पेसी तोकिने छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ७ जना विरुद्ध गत जेठ २८ मा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार