शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

संघीय संसदका तीन समितिका बैठक बस्दै

संघीय संसदका तीन समितिका बैठक बस्दै

श्रावण ७, २०८२ बुधवार
श्रावण ७, २०८२ बुधवार
  • संघीय संसदका तीन समितिका बैठक बस्दै

    आज संघीय संसदका तीन समितिका बैठक बस्दैछन् ।

    आज प्रतिनिधि सभाको सार्बजनिक लेखा समितिको बैठक बस्दै छ भने राष्ट्रिय सभाका संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

    आज बिहान १० बजे बस्ने सार्बजनिक लेखा समितिको बैठकमा जगदुल्ला जलविद्युत आयोजनाको निर्माण सम्बन्धी उजुरी तथा नेपाल सरकारका सचिवहरुसँग गर्ने संयुक्त बैठकको मिति निर्धारण सम्बन्धमा छलफल हुने कार्यसूची रहेको समितिले जनाएको छ ।

    त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

    त्यसैगरी दिउसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार