शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

एमालेमा विद्या भण्डारीलाई लाग्यो पुर्णविराम- सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने

एमालेमा विद्या भण्डारीलाई लाग्यो पुर्णविराम- सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने

श्रावण ६, २०८२ मंगलवार
श्रावण ६, २०८२ मंगलवार
  • एमालेमा विद्या भण्डारीलाई लाग्यो पुर्णविराम- सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने

    नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा नआउन नमिल्ने निर्णय गरेको छ ।  मंगलबार राति केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पुर्व राष्ट्रपति भण्डारी राजनीतिमा फर्किन नमिल्ने निर्णय भएको सुनाएका हुन् । 

    अध्यक्ष ओलीले बैठकको निर्णय सुनाउदै भने-'पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन, मिल्दैन ।' ओलीले पार्टीको विधानको ८ र ९ मा भएको व्यवस्था उल्लेख गर्दै भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नमिल्ने निर्णय सुनाएको एक केन्द्रीय सदस्यले जानकारी दिएकाछन् ।

    निर्णय सुनाउनेक्रममा पार्टी अध्यक्ष ओलीले आफुले दिएका सुझाव र त्यसको जवाफको प्रतीक्षामा रहेको अवस्थामा पत्रकार सम्मेलन गरेर केन्द्रीय कमिटीको बैठकलाई नै चुनौती दिएको बताएका थिए । उनले बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा नफर्कन, आफ्नो गरिमाअनुरूप पूर्वराष्ट्रपतिको हैसियतमा सल्लाहकार र अभिभावक बनेर बस्न आग्रह गर्ने निर्णय गरेको सुनाएका थिए ।

    सो निर्णयप्रति उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले प्रतिवाद गर्दै नोट अफ डिसेन्ट लेख्ने बताएका छन् । त्यस्तै सोमबारदेखि बसेको केन्द्रीय कमिटीको बैठकले उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको विधान संशोधन सम्बन्धि प्रस्ताव र महासचिव शंकर पोखरेलले पेश गरेको संगठानिक प्रस्तावलाई पारित गरेको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार