शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

व्यापार घाटा ६ प्रतिशतले बढ्यो, भटमास र सनफ्लावर तेलले बढायो निर्यात

व्यापार घाटा ६ प्रतिशतले बढ्यो, भटमास र सनफ्लावर तेलले बढायो निर्यात

श्रावण ६, २०८२ मंगलवार
श्रावण ६, २०८२ मंगलवार
  • व्यापार घाटा ६ प्रतिशतले बढ्यो, भटमास र सनफ्लावर तेलले बढायो निर्यात

    आर्थिक वर्ष २०८१/८२ मा १८ खर्ब ४ अर्बको आयात भएको छ । भन्सार विभागले मंगलबार सार्बजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजारको वस्तु आयात भएको हो । 

    यस अघि आर्थिक वर्ष २०८०/८१ मा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजारको वस्तु आयात भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा आयातमा १३.२५ प्रतिशतले बढेको छ । 

    त्यसैगरी गत आर्थिक वर्षमा निर्यात ८१.८० प्रतिशतले बढेको भन्सार विभागले उल्लेख गरको छ । आर्थिक वर्ष २०८१/८२ मा २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजारको वस्तु निर्यात भएको छ । जबकी आर्थिक वर्ष २०८०/८१ मा एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजारको वस्तु निर्यात भएको थियो । 

    बिभागले नेपालले भारतमा भटमास र सनफ्लावर तेल निर्यात बढाउँदा वैदेशिक वस्तु निर्यात बढेको भन्सार विभागको आँकडाबाट बुझ्न सकिन्छ । गत आर्थिक वर्षमा एक खर्ब ६ अर्ब ७९ करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ  भने १२ अर्ब ३२ करोड ६५ लाख भन्दा बढीको सनफ्लावर तेल निर्यात भएको छ । 

    त्यसैगरी गत आर्थिक वर्षमा नेपालले २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख ३३ हजारको वैदेशिक व्यापार गरेको छ ।

    साथै गत आर्थिक बर्षमा १५ खर्ब २७ अर्ब ९ करोड २५ लाखको व्यापार घाटा भएको छ । अघिल्लो आर्थिक बर्ष भन्दा व्यापार घाटा ६ प्रतिशतले बढी हो । आर्थिक बर्ष २०८०/८१ मा नेपालको कुल व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रहेको थियो ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार