Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर आजदेखि निष्काशन

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर निष्काशन  तथा बिक्री खुला गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत अर्थात १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको १०ः३.४७८३ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यस अनुसार इन्स्योरेन्सले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद साउन २६ गतेसम्म कायम गरिएको छ ।