शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एनआईसी एसिया बैंक २८ औँ वर्षमा

एनआईसी एसिया बैंक २८ औँ वर्षमा

श्रावण ५, २०८२ सोमवार
श्रावण ५, २०८२ सोमवार
  • एनआईसी एसिया बैंक २८ औँ वर्षमा

    एनआईसी एसिया बैंक २८औं वर्षमा प्रवेश गरेको छ । यस अवधमिा बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखारहित शाखा सञ्जालबाट सेवा दिँदै आएको बैंकले जनाएको छ ।

    बैंकले लाखौं ग्राहक गतिशील बैंकिङ्ग पार्टनरको रुपमा जोडिएको उल्लेख गरेको छ । ‘देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै डिजिटल भुक्तानीलाई अझ सशक्त बनाउँदै वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत शाखा विस्तार गरी निर्वाध रुपमा बैंकिङ्ग सेवा देशको कुनाकुनामा पुर्‍याउन हामी सफल भएका छौँ’, बैंकले उल्लेख गरेको छ ।

    सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ २८ वर्षअघि आजकै दिन एनआईसी एसिया बैंकले सेवा सुरु गरेको थियो । ‘हाम्रो अतुलनीय यात्रा यहाँसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै हामी २८औं वार्षिकोत्सव मनाउन गइरहेका छौँ’, बैंकले भनेको छ ।

    बैंकप्रति अनवरत रुपमा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान गर्ने ग्राहक, नियामक निकायहरू, सेयरधनी, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालाहरूप्रति अनुगृहित रहेको उल्लेख गरिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार