Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

दोहोरो अंकको बढ्यो शेयर बजार, कतिको भयो कारोबार?

नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज नेप्से २१.७६ अंकले बढेर २८९२. ७२ विन्दुमा रोकिएको छ । 

आजको कारोबारमा विभिन्न ३११ कम्पनीका ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार २३८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज थ्री स्टार हाइड्रोको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने ट्रेड टावर लिमिटेड र सान्भी इनर्जीको सेयर ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै उन्नति सहकार्य लघुवित्तको शेयर ९.४० प्रतिशतले बढेको छ । 

त्यसैगरी आज ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ भने करोपोरेट डेभलपमेन्ट बैंकको सेयर मुल्य ९.९६ प्रतिशतले घटेको छ ।  

आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्स कम्पनि लिमिटेडको ७५ करोड ६६ लाख र हिमालयन रिइन्सुरेन्सको ७५ करोड २८ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।