Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

फोन पे मा लगानी गर्दै खेतान समुह

व्यवसायी राजेन्द्र खेतानको नेतृत्वमा रहेको हाउस अफ राज ले नेपालकै प्रमुख फिनटेक कम्पनी फोन पे सर्भिसेज लिमिटेड मा २० प्रतिशत सेयर किन्ने सम्झौता गरेको छ ।

ग्लोबल इक्विटी फन्ड का प्रबन्ध निर्देशक मनीष थापाका अनुसार १ अर्ब ४० करोड रुपैयाँमा भएको यो सम्झौता दुई महिना अघि सम्पन्न भइसकेको हो । ग्लोबल इक्विटी फन्ड हाउस अफ राजसँग आवद्ध कम्पनी हो । उक्त सम्झौता अहिले राष्ट्र बैंकको स्वीकृतिको प्रक्रियामा रहेको छ ।

फोन पे, एफवान सफ्ट इन्टरनेशनल समूहअन्तर्गतको भुक्तानी सेवा प्रदायक कम्पनी हो, जसले हाल नेपालभर ठूलो मात्रामा डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०८०÷८१ मा फोन पेमार्फत २० खर्बभन्दा बढीको अन्तरबैंक रकम ट्रान्सफर भएको थियो ।

कम्पनीले क्यूआरमार्फत भुक्तानी, भारतीय पर्यटकलाई लक्षित सेवा, र यूपीआई कारोबारजस्ता सुविधाहरू सञ्चालनमा ल्याएको छ ।