Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मुग्लिन–नारायणगढ सडकमा गुडिरहेको कारमा ढुंगा खसेर लाग्दा तीन जना घाइते

मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिक भीरबाट खसेको ढुङ्गा गुडिरहेका कारमा बज्रिँदा तीन जना घाइते भएका छन् ।

520560698_1313964780736957_7602853986150122957_n.jpg

आइतबार दिउँसो माथिबाट खसेको ढुङ्गाले लागेर भारतीय नम्बर प्लेटको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । उक्त सडक खण्डमा गुडिरहेको भारतीय कारमा एक्कासी ढुङ्गा खसेर लागेको थियो ।

514351294_1313964947403607_2836705605848625373_n.jpg

उक्त कारमा पाँच जना सवार थिए । त्यसमध्ये कारको पछाडि बसेका तीन जना गम्भीर घाइते भएका हुन् । उनीहरूलाई अहिले अस्पताल पठाइएको छ । दुर्घटना लगत्तै प्रहरी अहिले घटनास्थलतर्फ गइरहेको छ ।

519216852_1313964847403617_2400468689057290770_n.jpg

चितवन प्रहरीका अनुसार, घटनाबारे थप बुझ्ने क्रम जारी छ । तुइन खोला नजिक अहिले पनि सिमसिम पानी परिरहेको छ । उक्त क्षेत्र पहिरोको उच्च जोखिममा रहेकाले सतर्क रहन तथा सुरक्षित यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ ।