Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको पहिलो दिन ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ ।

 बजारमा आज एक तोला सुनको मूल्य एक लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुन १ लाख ९३ हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

यसैगरी, चाँदी प्रतितोला २२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला २ हजार २८० रुपैयाँ रहेको चाँदी आज २ हजार २८५ रुपैयाँ कायम भएको छ ।

असार ३० गते चाँदीको भाउले २ हजार ३१५ रुपैयाँको रेकर्ड बनाएको छ ।