शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

तेह्रथुम पावरको हकप्रद शेयरमा आवेदन दिने समयावधि थप

तेह्रथुम पावरको हकप्रद शेयरमा आवेदन दिने समयावधि थप

श्रावण ४, २०८२ आइतवार
श्रावण ४, २०८२ आइतवार
  • तेह्रथुम पावरको हकप्रद शेयरमा आवेदन दिने समयावधि थप

    तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद शेयर खरिदका लागि आवेदन दिने समयावधि थप गरिएको छ । हकप्रद खरिदका लागि साउन ४ गते सम्मका लागि आवेदन पेश गर्ने समयावधि दिइएको भएपनि माग बमोजिम आवेदन नपरेको भन्दै कम्पनीले साउन ११ गतेसम्मका लागि समयावधि थप गरेको हो ।

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १९ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।  कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद शेयर जारी गरेको थियो ।
    गत जेठ ५ गते कम्पनीले हकप्रद शेयर निष्कासनका लागि बुक क्लोज गरेको थियो ।

    त्यसकारण जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयर धनीहरुले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदमा आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार