Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

दुर्गा प्रसाईंलाई साइबर अपराध मुद्दामा सफाइ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विद्युतीय अपराध (साइबर क्राईम) को आरोपमा सफाई पाएका छन् ।जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई दुईवटा साईबर अपराधको मुद्दामा सफाई दिएको हो ।

न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले छुट्टाछुट्टै दुईवटा मुद्दामा प्रसाईंलाई सफाई दिएको हो । उनीविरुद्ध रोशन सुवेदी र टीका संग्रौलाले जाहेरी दिएपछि प्रहरीले साइबर अपराधको मुद्दा दायर गरेको थियो ।

उनीमाथि सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको र समाजमा घृणा फैलाएको आरोप थियो । यो मुद्दामा सफाई पाए पनि तीनकुने घटनामा संलग्न भएको आरोपमा थुनामा रहेका उनी थुनामुक्त हुन भने पाउने छैनन् ।