Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सानिमा बैंकको अनलाइन इ–कम कार्डमा टपअप सुविधा

सानिमा बैंकले इ–कम भिसा कार्ड प्रयोगकर्ताहरुका लागि अनलाइनमार्फत कार्डमा टपअप गर्न मिल्ने सुबिधाको सुरुवात गरेको छ।

इ–कम भिसा कार्ड प्रयोगकर्ताहरुले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा यूएसडी इ–कम भिसा कार्डमा टपअप गर्न सक्नेछन्। 

ग्राहकहरुले सानिमा सजिलो ईबैकिङ्ग एप वा बैंकको आधिकारिक वेबसाइटमा अनलाइन सर्भिसेस अन्तर्गतको कार्ड सर्भिसमा आफ्नो विवरणहरु राखेर टपअप गर्न सक्नेछन्।

ग्राहकहरुले बैंक खातामा रजिस्टर भएको मोबाइल नम्बर वा इमेल, बचत खाता नम्बर र उपलब्ध क्याप्चा राखेर टपअपको प्रकिया अगाडि बढाउन सक्नेछन्।

साथै, उक्त प्रकियाका लागि मोबाइल नम्बर वा इमेलमा प्राप्त भएको ओटीपी राखेपश्चात् कार्डमा तुरुन्तै टपअप हुनेछ।  सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटीएमहरु सञ्चालनमा छन्।