शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

यस्तो छ कामना सेवा विकास बैंककाे गत आर्थिक वर्षको वित्तीय सूचक

यस्तो छ कामना सेवा विकास बैंककाे गत आर्थिक वर्षको वित्तीय सूचक

श्रावण २, २०८२ शुक्रवार
श्रावण २, २०८२ शुक्रवार
  • यस्तो छ कामना सेवा विकास बैंककाे गत आर्थिक वर्षको वित्तीय सूचक

    कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन गरेकाे छ । बैंकले चौथो त्रैमासअन्त्यसम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेकाे हो । प्रकाशित विवरणअनुसार बैंकको खुद ब्याज आम्दानीसँगै, नाफा, वितरणयोग्य नाफा र लाभांश क्षमतामा पनि सुधार गरेको हो ।

    आव २०८०/८१ मा कुल ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको बैंकले आव २०८१/८२ मा ६३ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ जुन ९.१९ प्रतिशत बढी हो ।

    ब्याजदर घट्दा ब्याज आम्दानीमा भारी गिरावट आउँदा पनि बैंकको खुद ब्याज आम्दानी ५.२५ प्रतिशतले बढेर २ अर्ब २४ करोड ४४ लाख पुगेको छ । यस्तै खुद फि एन्ड कमिसन आम्दानी पनि वृद्धि हुँदा सञ्चालन आम्दानी २ अर्ब ५२ करोड ६८ लाख रुपैयाँबाट बढेर २ अर्ब ६३ करोड २७ लाख रुपैयाँ कायम भएको छ ।

    अघिल्लो आवमा बैंकले ३५ करोड ८२ लाख रुपैयाँ प्रोभिजन गरेकामा गत आवमा ४१ करोड ७५ लाख रुपैयाँ प्रोभिजन गरेको छ । यसैगरी सञ्चालन खर्च थोरै बढे पनि बैंकको खुद नाफामा आकर्षक सुधार आएको हो ।

    बैंकले २०८२ असार मसान्तसम्म ६२ अर्ब ८३ करोड रुपैयाँ निक्षेप परिचालन गरी ४९ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । एक वर्षको अवधिमा निक्षेप र कर्जाको वृद्धिदर क्रमशः ६.३८ र ८.६७ प्रतिशत रहेको छ ।

    अघिल्लो आवको अन्त्यसम्म १७.७३ रुपैयाँ रहेको ईपीएस अहिले १८.१० रुपैयाँ कायम भएको छ । बैंकको कोर पुँजी अनुपात १०.५५ प्रतिशत र पुँजीकोष अनुपात १३.२० प्रतिशत छ । एक वर्षको अवधिमा निष्क्रिय कर्जा झिनो मात्राले बढेर ३.३८ प्रतिशत कायम भएको छ । खुद एनपीएल ०.१९ प्रतिशत छ ।

    बैंकको आधार दर ७.०७ प्रतिशत र कर्जा र निक्षेपको ब्याजदर अन्तर (स्प्रेड दर) ४.२७ प्रतिशत छ । असार मसान्तमा बैंकको प्रतिसेयर नेटवर्थ १६८.१३ प्रतिशत कायम हुँदा दोस्रो बजारको मूल्यका आधारमा पीई रेसियो २७.६९ रहेको छ ।

    बैंकको गत वर्षको वितरणयोग्य नाफा ५८ करोड ९९ लाख रुपैयाँ रहेको छ । साथै आर्थिक वर्षको सुरुको रिटेन्ड अर्निङ ४१ करोड १२ लाखबाट लाभांश वितरण गरेको रकम घटाउँदा २०८२ असार मसान्तसम्म बैंकको कुल वितरणयोग्य रकम ६० करोड ७४ लाख रुपैयाँ रहेको छ ।

    बैंकको लाभांश क्षमता १७.३ प्रतिशत रहेको छ । अघिल्लो आवमा यस्तो क्षमता १२.३५ प्रतिशत रहेकामा बैंकले ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश विवरण गरेको थियो । त्यस्तै, बैंकको चुक्तापुँजी ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार