शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पाशुपत क्षेत्रको जग्गा जथाभावी भाडामा दिएको गुनासो, जात्रा पर्व सञ्चालनमा सकस

पाशुपत क्षेत्रको जग्गा जथाभावी भाडामा दिएको गुनासो, जात्रा पर्व सञ्चालनमा सकस

श्रावण १, २०८२ बिहिवार
श्रावण १, २०८२ बिहिवार
  • पाशुपत क्षेत्रको जग्गा जथाभावी भाडामा दिएको गुनासो, जात्रा पर्व सञ्चालनमा सकस

    हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर रहेको पाशुपत क्षेत्रको जग्गामा जथाभावी मेला, यज्ञ, महायज्ञ वा कोटिहोम संचालन गर्न दिएकोप्रति सरोकारवालाहरुले आपत्ति जनाएका छन् । श्रावण महिनामा मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको भीड लाग्ने साथै बोल बम यात्रामा देश विदेशबाट मानिसहरु आउँदा भीड व्यवस्थापनमै सकस भइरहेका बेला जथाभावी जग्गा भाडामा दिंदा थप समस्या हुने गरेको उनीहरुको भनाइ छ ।  

    पाशुपत क्षेत्रमा हाल ‘श्रीमद्भागवत सप्ताह पितृमुक्ति ज्ञान महायज्ञ–२०८२’,‘ ऐतिहासिक श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ’लगायत अन्य केही कार्यक्रमहरु सुरु भएका छन् । जहाँ हजारौं भक्तजनहरुको भीड बढिरहेको छ ।  महायज्ञ जस्ता ठूला कार्यक्रमहरु श्रावण महिनाकै लागि भनेर पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रको जग्गा भाडामा दिइसकेको छ । सोही विषयलाई लिएर सरोकारवालाहरुले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

    उनीहरुले ऐतिहासिकता जोगाउन र जात्रा पर्व सञ्चालनका लागि वातावरण सहज बनाइदिन आग्रह समेत गरेका छन् । काठमाडौं महानगरपालिका वडा ८ का स्थानीयहरूले काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगतलाई ध्यानाकर्षण पत्र बुझएर सहजीकरण गरिदिन माग गरेका छन् ।

    पशुपति सिर्जनशील युवा क्लबका अध्यक्ष सुमन डंगोलको नेतृत्वमा विभिन्न संघसंस्थाका प्रतिनिधि सहित बुद्धिजीवीहरूले पशुपति क्षेत्र विकास कोषले मनोमानी रूपमा विभिन्न संघ संस्थाहरूलाई भाडामा स्थान उपलब्ध गराएर पशुपतिनाथ क्षेत्र कुरूप पारेको र जात्रा पर्व सञ्चालनका लागि समेत अवरोध सिर्जना गरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

    स्थानीयहरूले, पशुपति क्षेत्र विकास कोष ब्यक्तिगत स्वार्थका लागि मनोमानी रूपमा विभिन्न संघसंस्थाहरूलाई स्थान उपलब्ध गराई पैसा असुलीको अखडाको रूपमा अगाडि बढिरहेको बताएका छन् । पाशुपत क्षेत्रमा साउन महिनामा हुने भीडभाड एवं स्थानीय ऐतिहासिक जात्रा पर्वहरू गुँला पर्व, गाईजात्रा, खड्ग जात्रा र रोपाइँ जात्रा लगायतका पर्वहरू साउन महिनामा नै पर्ने हुनाले ऐतिहासिक जात्रापर्वहरू सञ्चालनमा समस्या हुनेगरी कोषले विभिन्न संघ संस्थाहरूलाई कार्यक्रम सञ्चालन गर्न स्थान उपलब्ध गराउँदै जात्रा पर्व सञ्चालनमा अवरोध उत्पन्न गरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

    स्थानीयहरूले, काठमाडौं महानगरपालिका वडा ८ का वडाअध्यक्ष आशामान संगतलाई ध्यानाकर्षण पत्र बुझाउदैँ यस्ता कार्यहरूले पाशुपत क्षेत्रको ऐतिहासिक डगमगाउनुका साथै स्थानीय जात्रा पर्व सञ्चालनमा समेत समस्या हुने बताएका छन् ।  त्यस्तै, काठमाडौं महानगरपालिका वडा ८ का वडाअध्यक्ष आशामान संगतले, स्थानीय जात्रा पर्वहरू सञ्चालनका लागि कसैले पनि अवरोध पुर्याए त्यो सह्य नहुने बताएका छन् ।

    संगतले, ऐतिहासिक जात्रा पर्वहरूलाई निरन्तरता दिनु आवश्यक रहेको परिप्रेक्ष्यमा ब्यक्तिगत स्वार्थका लागि कुनैपनि संघ संस्थालाई आधिकारिक संस्थाले स्थान भाडामा दिनु उपयुक्त नरहेको बताएका हुन् । वडाअध्यक्ष संगतले, पशुपति क्षेत्रमा विकास कोषले मनोमानी गरिरहेको परिप्रेक्षमा यसको समस्याको समाधान गरि यथोचित रूपमा अगाडि बढ्ने बताए ।

    Photo (8) (2).jpg

    त्यस्तै, स्थानीयहरूले पशुपति क्षेत्र विकास कोषलाई समेत ध्यानाकर्षण पत्र बुझाउँदै यस्ता अनैतिक कार्यहरू तत्कालै रोक्न माग गरेका छन् । उनीहरूले हाल निर्माण भइरहेका पन्डालहरू तथा विभिन्न कामहरू नरोकिए स्थानीयहरू त्यसको प्रतिवादमा उभिने जनाएका छन् । 

    ऐतिहासिक जात्रा पर्व सञ्चालनका लागि समेत अवरोध पुग्नेगरि यसरी विभिन्न संघसंस्थाहरूलाई ब्यक्तिगत स्वार्थ बाझिने गरि भाडामा स्थान उपलब्ध गराउनु तथा स्थानीय तह वडासँग कुनैपनि समन्वय नगर्नु न्यायोचित नहुने बताएका छन् । यसैगरी पशुपति विकास कोषका कार्यकारी निर्देशक सुभाष चन्द्र जोशीले नेपाल न्यूज बैंकसँग कुरा गर्दै कोर क्षेत्रमा भाडामा दिने कार्य स्वभाविक नरहेको बताए । उनले कुनैपनि कार्यक्रम गर्दा पशुपति क्षेत्रको गरिमा र मापदण्ड विपरीत नहोस् भन्नेमा कोष सचेत रहेको बताए । उनले भने, ‘हामीसँग बहाल निर्धारण समिति छ । जसले मूल्य निर्धारण गर्छ ।  कार्यक्रम गर्दा पशुपति क्षेत्रको गरिमा र मापदण्ड विपरीत नहोस् भन्नेमा हामी सचेत छौं । तर कतिपय स्थानमा स्थानीय र कोषबीच समन्वय अभाव हुँदा द्वन्द्वजस्तो अवस्था देखिन्छ । यसलाई मिलाएर लैजान आवश्यक छ ।’

    साथै उनले भने, ‘जात्रा सञ्चालन गर्न अनुमति लिनुपर्छ अनुमति दिन सकिने ठाउँ निर्धारण समिति हेर्छ । कोषको ऐन र कानुनअनुसार काम गर्छौं । जात्रापर्व हाम्रो पहिलो प्राथमिकता हो, त्यसमा कुनै बाधा आउनुहुँदैन ।’ जोशीले, आफूपनि कुनै पनि हालतमा पाशुपत क्षेत्रको कोर परिसर भाडामा लगाउन नहुने पक्षमा रहेको बताए ।

    साउन महिनाभर पशुपति क्षेत्रमा श्रद्धालुहरूको भीडभाड, धार्मिक अनुष्ठान तथा ऐतिहासिक जात्राहरू सञ्चालन हुने भएकाले व्यवस्थापनमा कोष गम्भीर हुनुपर्ने स्थानीयहरूको भनाइ छ । पाशुपत क्षेत्रमा साउन महिनामा विभिन्न जात्रा पर्व मेलाहरू हुने गर्दछन् । यसैलाई मध्यनजर गर्दै श्रद्धालुहरूको भिडभाड लाग्ने हुँदा पशुपति क्षेत्र विकास कोष यसको ब्यवस्थापनतर्फ अग्रसर हुन आवश्यक देखिने स्थानीयले बताएका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार