Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ सुरु(फोटोसहित)

मानव सेवा फाउन्डेसनको अगुवाइमा पशुपतिनाथ मन्दिर परिसरमा साउन महिनाभरि सञ्चालन हुने श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ २०८२ विहीबारबाट सुरू भएको छ ।

Pradip Singgh Thapa  .jpg

महायज्ञका लागि मन्दिर परिसर सजाइएको छ भने भक्तजनका सुविधालाई मध्यनजर गर्दै विभिन्न व्यवस्थापनहरू गरिएको छ। यस ज्ञान महायज्ञमार्फत पितृमोक्ष, आध्यात्मिक उन्नति र समाजमा धार्मिक चेतना फैलाउने उद्देश्य लिइएको छ। आजबाट सुरू भएको यस धार्मिक आयोजनामा देशभरिबाट भक्तजनहरू सहभागी हुने अपेक्षा गरिएको छ।

Mahadev  Pandit    .jpg

महायज्ञको उद्घाटनपूर्व वृहत शोभा कलश यात्रा गरिएको थियो ।  पशुपतिको सुमार्गी भवन अगाडि रहेको पार्किङ क्षेत्रबाट प्रारम्भ भएको कलश यात्रा पशुपति रुद्रगारेश्वर हुँदै मनकामना पूर्ति मोचन विराट ज्ञान महायज्ञको प्रमुख पण्डा स्थल हंसमण्डपमा पुगेर सम्पन्न भएको हो ।

Tanka  Budhathiki   .jpg


महायज्ञको प्रारम्भिक चरणमा सागर आचार्य, शितल कृष्ण महाराज, आदियोगी गौतम स्वामी, अमृत शरण देवाचार्यलगायतले कथा वाचन गर्ने कार्यक्रम छ ।  त्यस्तै दिनबन्धु पोख्रेल, राधिका दासी, देवी प्रतिभा, चन्द्रकला सखी, अनुराधा पाण्डेय लगायतले कथा बाचन गर्नेछन् ।