Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

उकालो लाग्यो नेप्से, ७५ अंकले बढ्यो

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ७५.८४ अंकले बढेर २८७०.६३  विन्दुमा रोकिएको छ । 

आजको कारोबारमा विभिन्न ३११ कम्पनीका ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर १६ अर्ब ५९ करोड २१ लाख ५ हजार ४५५ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज ट्रेड टावर लिमिटेडको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने शुभम पावर र थ्री स्टार हाइड्रोको सेयर ९.९९ प्रतिशतले बढेको छ ।  

त्यस्तै एनआइबिएल स्टेबल फण्डको सेयर मुल्य सबैभन्दा बढी ७.५८ प्रतिशतले घटेको छ । आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्स कम्पनि लिमिटेडको ८४ करोड ४२ लाख र बुटवल पावरको ६० करोड ६८ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।