शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

‘घुस काण्ड’ मा मुछिएका मन्त्री अधिकारीले एक बर्षको उपलब्धी सार्वजनिक गर्दै

‘घुस काण्ड’ मा मुछिएका मन्त्री अधिकारीले एक बर्षको उपलब्धी सार्वजनिक गर्दै

श्रावण १, २०८२ बिहिवार
श्रावण १, २०८२ बिहिवार
  • ‘घुस काण्ड’ मा मुछिएका मन्त्री अधिकारीले एक बर्षको उपलब्धी सार्वजनिक गर्दै

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पत्रकार सम्मेलन गर्ने भएका छन् । पत्रकार सम्मेलन आज (बिहीबार) दिउँसो ३ बजे मन्त्रालयमा हुनेछ । सम्मेलनमार्फत मन्त्री अधिकारीले आर्थिक वर्ष २०८१/०८२ को उपलब्धि सार्वजनिक गर्दैछन् । पत्रकार सम्मेलनमार्फत उनले सार्वजनिक घुस काण्डको अडियोबारे पनि प्रष्टिकरण दिने बताइएको छ ।

    सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तापछि केपी ओली सरकारका अर्का मन्त्री अधिकारी पनि अडियो प्रकरणमा मुछिएका छन् । उनले ३२ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको एउटा अडियो सार्वजनिक भएको छ । पोखरामा १३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने प्रयासमा एक समूहसँग उनले घुस लिएको दाबीसहितको अडियो बाहिर आएको हो । यसअघि गुप्ताको अडिओमा पनि उनको नाम जोडिएको थियो । गुप्ताले चौतर्फी दबाबपछि पदबाट राजीनामा दिइसकेका छन् भने बलराम अधिकारीमाथि पनि दबाब बढ्दै छ ।

    सार्वजनिक अडिओमा मन्त्री अधिकारीको आफ्नै आवाज भने छैन । अडिओमा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल, मन्त्री अधिकारी छोरा मनोज अधिकारीसमेतको नाम लिइएको सुनिन्छ । मन्त्री अधिकारीलाई छोरामार्फत ३२ लाख रुपैयाँ लिएको दाबी गरिएको छ भने मन्त्री गुप्ताले ३५ लाख र सचिव पोखरेलले ५ लाख लिएको दाबी छ ।

    जग्गाका लागि डेढ करोड खर्च भइसकेको अडिओमा सुनिन्छ । अधिकारी भने अडिओमा आफ्नो नाम नभएकाले आफू नमुछिने तर्क गरिरहेका छन् । गुप्ताको अडियो आएपछि जुन औँलामा विष लागेको छ त्यही झर्ने उनले बताएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार