Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

महिना पहिलो दिन पनि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलामा ३ सयले बढेर तोलाको एक लाख ९२ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९२ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको २२६५ रुपैयाँमा कारोबार भइरहेको छ ।