शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कुलिङ पिरियड प्रकरण: सभापति खतिवडासँग समितिले लियो बयान

कुलिङ पिरियड प्रकरण: सभापति खतिवडासँग समितिले लियो बयान

आषाढ ३२, २०८२ बुधवार
आषाढ ३२, २०८२ बुधवार
  • कुलिङ पिरियड प्रकरण: सभापति खतिवडासँग समितिले लियो बयान

    निजामती सेवा विधेयकअन्तर्गतको कुलिङ पिरियड प्रावधानका सम्बन्धमा भएको त्रुटिबारे छानबिनका लागि बनेको समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग बयान लिएको छ।

    सिंहदरबारस्थित राज्य व्यवस्था समितिकै बैठक कक्षमा जारी बैठकमा खतिवडासँग सोधपुछ भइरहेको समितिका एक सदस्यले जानकारी दिएका छन् । ‘अहिले बैठक बसिरहेको हो, त्यहीं उहाँ (रामहरि खतिवडा) पनि हुनुहुन्छ । कुरा भइरहेको छ,’ ती सदस्यले सुनाए ।

    खतिवडा नेतृत्वको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकमा अवकास भएका कर्मचारीले संवैधानिक नियुक्ति पाउन दुुई वर्ष अवधि पर्खनु पर्ने व्यवस्था गरेको थियो । तर, समितिको प्रतिवेदन प्रतिनिधि सभाबाट पारित भएपछि कुलिङ पिरियडसँग बाझिने गरी पुरानो विधेयकको व्यवस्था कायमै राखिएको विषय सार्वजनिक भएको थियो । सांसदहरूले यो विषयलाई गम्भीर अपराध भन्दै छानबिनका लागि माग गरेका थिए । त्यसपछि नेपाली कांग्रेसका सांसद जीवन परियारको नेतृत्वमा समिति बनेको हो ।

    समितिले अहिले त्यसका सम्बन्धमा छानबिन गरिरहेको छ । बैठकमा संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिका सदस्यहरू इश्वरी घर्ती, माधव सापकोटा, गणेश पराजुली, सुशीला थिङ, रोशन कार्की, सहसचिव मनोजकुमार गिरी लगायत सहभागी छन् । त्यसैअन्तर्गत सुरुमा सभापति खतिवडाकै बयान लिएको हो ।

    उनले समितिबाट आफू दोषी देखिए सजायको भागीदार बन्ने उद्घोष गरिसकेका छन् । सांसदहरूले सभापति खतिवडा नै जिम्मेवार हुनुपर्ने बताउँदै आएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट