Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

बस्नेतले भनेका छन्- 'जनता समाजवादी पार्टी ( जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।'