शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सरकारद्वारा साउनलाई डेंगी सचेतना महिना घोषणा

सरकारद्वारा साउनलाई डेंगी सचेतना महिना घोषणा

आषाढ ३२, २०८२ बुधवार
आषाढ ३२, २०८२ बुधवार
  • सरकारद्वारा साउनलाई डेंगी सचेतना महिना घोषणा

    सरकारले साउन महिनाभर डेंगी सचेतना जगाउने महिनाको रुपमा घोषणा गरेको छ । बुधबार औपचारिक कार्यक्रम गरी यस्तो घोषणा गरेको हो । साउनदेखि डेंगीको लामखुट्टेको वृद्धि बढ्न सुरु भई कात्तिकसम्म रहने भएकोले साउनबाटै हरेक नागरिकको तहमा सचेतना जगाउने गरी कार्यक्रम तय गरेको स्वास्थ्य सेवा विभाग इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

    सो अनुसार सम्बन्धित तीनै तहका सरकार सबै मन्त्रालय, सांसदको सहभागिता यो अभियान सुरु हुने जनाइएको छ । जसमा ‘हरेक शुक्रबार सफा शुक्रबार’ मार्फत सबै सार्वजनिक निकाय र संस्थाहरूमा सरसफाइ तथा लामखुट्टे प्रजनन स्थलहरू खोजी गरी सफा गर्ने कार्यक्रम रहेको छ ।

    दोस्रो कार्यक्रम अन्तर्गत ‘हप्ताको एक दिन एक घण्टा हुँदैन कुनै कष्ट’ समुदायको सहभागितामा लामखुट्टेको लार्भा नष्ट’ नाराका साथ खोज र नष्ट अभियान सञ्चालन गर्ने, डेंगी नियन्त्रणको लागि रणनीति र समुदायस्तरमा गर्नु पर्ने गतिविधि बारे संघ,प्रदेश र स्थानीय तहहरूमा छलफल र पैरवी गर्ने कार्यक्रम रहेको छ ।

    त्यसैगरी हरेक वार्डमा घरदैलो कार्यक्रम अभियानमा पोष्टर र सञ्चारमाध्यमद्वारा डेंगीको जोखिम लक्षण र रोकथाम बारे जनचेतना अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार