शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको खुल्यो बाटो

कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको खुल्यो बाटो

आषाढ ३२, २०८२ बुधवार
आषाढ ३२, २०८२ बुधवार
  • कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको खुल्यो बाटो

    उच्च अदालतको फैसलासँगै बाँकेको कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारको बाटो खुलेको छ ।

    मुख्यमन्त्री यामलाल कँडेलका अनुसार बाँकेको बैजनाथ गाउँपालिकाको वडा नं १ गाभर र वडा नं ४ को बानियाँभारमा लाइन विस्तारका क्रममा उत्पन्न अवरोध न्यायालयको निर्णयपछि हटेकाले लाइन विस्तार गर्न सहज भएको हो ।

    आयोजनाको काम छ महिनाभित्र पूरा गर्नेगरी काम अघि बढाइएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारआयोजनाका प्रमुख रवि चौधरीले बताए । वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनाको विवाद पनि समाधान भएको छ । हालसम्म आयोजनाको ९५ प्रतिशत प्रगति हासिल भएको छ । सत्तरी करोड लागतको उक्त आयोजनाअन्तर्गत धमाधम रूख कटान भइरहेको छ ।

    हालसम्म पाँच हजार रूख काटिएका छन्भने अझै पाँच हजार पाँच सय रूख काट्नु पर्नेछ । आयोजना प्रमुख चौधरीका अनुसार एक सय ५६ फाउन्डेसन निर्माण गरिएको छन् भने अब छवटा फाउन्डेसन निर्माण गरिने छन् । हालसम्म ४० किलोमिटर तार तानिएको छ । अब १२ किलोमिटर तार तान्न बाँकी छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार