शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सहकारीका कर्मचारीलाई घरमा बोलाएर जुत्ताको माला

सहकारीका कर्मचारीलाई घरमा बोलाएर जुत्ताको माला

आषाढ ३२, २०८२ बुधवार
आषाढ ३२, २०८२ बुधवार
  • सहकारीका कर्मचारीलाई घरमा बोलाएर जुत्ताको माला

    सहकारीबाट लिएको ऋणको तिर्ने भनेर कर्मचारीलाई घरमा बोलाई दुव्र्यवहार गर्नेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ऋणको भाखा नाघेपछि घरमा बोलाएर सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा कार्यरत दुई कर्मचारीलाई जुत्ताको माला लगाउनेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

    संस्थाको मोरङको मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछानेमाथि गालीगलौज, हातपात र जुत्ताको माला लगाउने मिक्लाजुङ गाउँपालिका–२ निवासी ४२ वर्षीय दुर्गामाया लिम्बु र ३३ वर्षीय माया मगरविरुद्ध पक्राउ पुर्जी जारी भएको मोरङ प्रहरीले जनाएको छ ।

    मगरले जुत्ताको माला लगाएकी थिइन् भने दुर्गामायाले भिडियो खिचेकी थिइन् । सो भिडियो सामाजिक सञ्जालमा राखिएको भए पनि पछि हटाइएको छ । अभद्र व्यवहारमा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । सुशीला लामिछानेमाथि जुताको माला लगाएको भिडियोमा प्रस्ट देखिएको छ भने राईले भने प्रतिकार गर्न खोजेका छन् । लामिछाने भने कुर्सीमा बसेकी थिइन् । राईलाई भने लछार पछार गरेको भिडियोमा देखिएको छ ।

    ‘ऋण खाएर नतिरेपछि ताकेता गर्दा उनीहरूले घरैमा छलफलका लागि बोलाएका थिए । घरमा पुगेका कर्मचारीलाई उनीहरूले जुत्ताका माला लगाइदिएको भनेर जाहेरी परेको छ,’ मोरङ प्रहरी प्रवक्ता, डिएसपी चुँडालले भनिन्।’ उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भए पनि अहिलेसम्म पक्राउ भने भएका छैन । मोबाइल अफ गरेर उनीहरू फरार रहेको र खोजी कार्य जारी रहेको डिएसपी चुँडालले बताइन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट