Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

सिमलतालबाट त्रिशूलीमा खस्यो मिनी ट्रक

 नारायणगढ मुग्लिन सडकको सिमलतालबाट भारतीय नम्बर प्लेटकाे मिनी ट्रक त्रिशूली नदीमा खसेको छ। भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट मंगलबार राति १०ः२५ बजे मिनी ट्रक त्रिशूलीमा खसी दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यलय चितवनकका अनुसार भारतबाट मेवा बोकेर काठमाडौं जान लागेको युपी ३२ जेटएन ७८८३ नम्बरको भारतीय मिनी आईचर ट्रक अनियन्त्रित भई सडकदेखि करिव ८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको हो।

भारत लखनौका ट्रक चालक २१ वर्षीय आशिक यादव र २० वर्षीय सहचालक उत्तर सिंह दुर्घटनामा घाइते भएका छन्। उनीहरुको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।