शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

दुर्गमको दुखः तुइन चुँडिँदा महाकाली नदीमा खसेर युवक बेपत्ता

दुर्गमको दुखः तुइन चुँडिँदा महाकाली नदीमा खसेर युवक बेपत्ता

आषाढ ३१, २०८२ मंगलवार
आषाढ ३१, २०८२ मंगलवार
  • दुर्गमको दुखः तुइन चुँडिँदा महाकाली नदीमा खसेर युवक बेपत्ता

    तुइनबाट खसेर दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदीमा एक युवक बेपत्ता भएका छन् ।

    बेपत्ता हुने स्थानीय २८ वर्षीय नारायण बुढाथोकी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी प्रकाश दाहालका अनुसार आज मध्याह्न १२ बजे बुढाथोकी दुम्लिङबाट महाकालीपारि भारतीय बजारतर्फ जाने क्रममा तुइन चुँडिएर नदीमा खसेका थिए ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता बुढाथोकीको खोजीमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका छन् । दुम्लिङभन्दा तल्लो क्षेत्रका सबै प्रहरी युनिटलाई बेपत्ताको खोजिका लागि भनिएको प्रहरीले जनाएको छ । सरकारले तुइन विस्थापन गर्ने भनेर पटक–पटक घोषणा गरे पनि भाषणमै सीमित भएको छ ।

    २०७२ असोजमा केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्दा ‘नेपाललाई दुई वर्षभित्र तुइनमुक्त’ बनाइने घोषणा गरेका थिए । अहिले पनि ओली नै प्रधानमन्त्री छन् । २०७२ मै २ वर्षभित्र तुइन विस्थापन गर्ने भनेको सरकारले यस वर्ष पनि नीति तथा कार्यक्रममा उही कुरा दोहोर्‍याएको छ । आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममा समेत सम्पूर्ण तुइन विस्थापन गरी झोलङ्गुे पुल निर्माण गर्ने घोषणा छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट