Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

विद्यादेवी भण्डारीको व्यक्तिगत वेबसाइट सार्वजनिक

पार्टी राजनीतिमा सक्रिय भएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत वेबसाइट सार्वजनिक भएको छ । भण्डारीको प्रोफाइल, प्रमुख सम्बोधनहरु, तस्बिर संग्रह लगायतका बिषय समेटिएको वेबसाइट https://www.bidyabhandari.com.np सार्वजनिक गरिएको हो ।

यो वेबसाइट पूर्व राष्ट्रपति भण्डारीको समग्र राजनीतिक यात्राको दस्तावेजीकरण मात्र होइन, लोकतान्त्रिक मूल्यहरू, समावेशी राजनीति, लैङ्गिक समानता, समाजवाद उन्मुख मार्गचित्र तथा अन्तर्राष्ट्रिय मित्रता प्रवर्द्धनमा गरेको योगदानलाई स्मरणीय र सन्दर्भयोग्य बनाउने उद्देश्यले निर्माण गरिएको भण्डारीको स्वकीय सचिव राजकुमार राईले जानकारी दिए ।

सार्वजनिक गर्दै सचिव राईले भनेका छन्, ‘सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिका रूपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता, विचार तथा अभिव्यक्तिहरू, तस्बिरसहितका स्मृतिहरू, प्रमुख सम्बोधनहरू, प्रकाशित सामग्रीहरू तथा सम्बन्धित अभिलेख एवं दस्तावेजहरूलाई एकै स्थानमा संग्रहित तथा सुव्यवस्थित गर्दै सर्वसाधारणका लागि सहज पहुँचबोग्य बनाउने उद्देश्यले तयार पारिएको हो ।’

समकालीन राजनीति र इतिहासमा चासो राख्ने शोधकर्ता, विद्यार्थी, पत्रकार तथा आम नागरिकका लागि यो वेबसाइट सन्दर्भ सामग्रीको भरपर्दो स्रोत बन्ने विश्वास राईले व्यक्त गरेका छन् । वेबसाइटमा समावेश सामग्रीहरू समयानुकूल थप, परिमार्जन र अद्यावधिक गरिदै लैजाने पनि उनले बताए ।qaw