Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सरकारको सुर, ताल र लय सबै हरायो: मेटमणि चौधरी

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले सरकारको सुर, ताल र लय सबै हराएको टिप्पणी गरेका छन् । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले सुर, ताल र लय गुमाएको सरकारले बन्दै गर्दा गरेको संविधान संशोधनको कुरा डाइनोसरजस्तै लोप भएको बताएका छन् ।

उनले भने- 'आज यो सरकार बनेको एक वर्ष भैसकेको छ, न सुर छ, न ताल छ । न त लय नै छ । सबै हराएको छ । संविधान संशोधनको विषय त डाइनोसरजस्तै लोप भएको छ ।'

सांसद चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनाँ र गर्नपनि दिन्नँ भनेपनि करोडौं रुपैयाँ भ्रष्टाचार भैरहेको भन्दै सुशासनको कथावाचन मात्र भएको बताएका छन् ।