Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा एमालेकी भगवती न्यौपाने

 नेकपा (एमाले)की राष्ट्रियसभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाइने भएको छ ।

घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले पदबाट राजीनामा दिएपछि न्यौपानेलाई मन्त्री बनाउन लागिएको स्रोतले जनाएको छ ।

बालुवाटार स्रोतका अनुसारलाई, उनलाई आजै नियुक्त गर्ने तयारी गरिएको छ । न्यौपाने अहिले राष्ट्रियसभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन् ।