Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

अबदेखि एमालेको सदस्यता लिन परीक्षा दिनुपर्ने

प्रमुख सत्तारुढ नेकपा (एमाले) ले अबदेखि संगठित सदस्यता वितरणका क्रममा परीक्षा लिने भएको छ ।

एमाले संगठन विभागको मंगलबार च्यासलमा बैठकले यस्तो प्रस्ताव पारित गरेको हो । संगठन विभागका सचिव माधव ढुंगेलका अनुसार महासचिव शंकर पोखरेल र संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको उपस्थितिमा बसेको बैठकले यो निर्णय लिएको हो ।

‘पार्टी सदस्यहरूमा एमालेबारे आधारभूत जानकारी परीक्षण गर्नका लागि पार्टी सदस्य वितरणपूर्व अनिवार्य परीक्षा गर्ने प्रस्ताव पारित गरिएको छ’, उनले भने, ‘त्यसैगरी देशभरका मतदाताको ६ प्रतिशत पार्टी सदस्य संख्या पुर्‍याउने प्रस्ताव पनि बैठकले पारित गरेको छ ।’