Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

कास्कीबाट जुवातास खेलिरहेका पाँच जना पक्राउ

माछापुच्छ्रे गाउँपालिका-७ फेदी बस्ने ४१ वर्षीय बिनोद गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा बिनोद मसेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ६ सय ५० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।