Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

मोबाइल चार्जबाट निकाल्दा करेन्ट लागेर खोटाङमा एक महिलाको मृत्यु भएको छ ।

बराहपोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको चार्जमा लगाएको मोबाइल निकाल्ने क्रममा करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

चार्जमा लगाइरहेको मोबाइल चार्जबाट छुटाउने क्रममा सोमबार राति करिब साढे ९ बजेको समयमा फाक्टाङका राजन राईको श्रीमती इन्द्रालाई करेन्ट लागेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी सुशान्त मिश्रले जानकारी दिए । घटनास्थलको मुचुल्काका लागि जिल्लाबाट प्रहरी खटिएको प्रहरी निरीक्षक मिश्रको भनाइ छ ।