Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

नवजात शिशुसहित आमाको पाली सेनाको हेलिकप्टरबाट उद्धार

 रुकुम जिल्लाको आठबिसकोट नगरपालिका–४ गोताकोटबाट नवजात शिशुसहित आमाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

आज बिहान  गोतामकोटकी २२ वर्षीया अर्चना विक र उनको शिशुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको हो । 

सोमबार बिहान जन्मेको शिशुको श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत पठाइएको आठविसकोट  नगरप्रमुख रवि केसीले जानकारी दिए । नगर अस्पतालमा उपचार सम्भव नभएपछि बिक र उनको नवजात शिशुलाई थप उपचारका लागि सुर्खेत पठाइएको हो ।

नगरपालिकाको  सिफारिसमा जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आमाबच्चाको उद्धार गरिएको नगरपालिकाले जनाएको छ ।