शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

अमेरिकामा कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

अमेरिकामा कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

आषाढ ३१, २०८२ मंगलवार
आषाढ ३१, २०८२ मंगलवार
  • अमेरिकामा कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

    अमेरिकाको लुइजियाना राज्यस्थित लुइजियाना टेक विश्वविद्यालयमा अध्ययरत दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको छ । 

    लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको लुइजियानाका स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । 

    स्थानीय समय अनुसार शनिबार राति  कार सडकबाट तल खस्दै रूखमा ठोक्किएको र त्यसपछि आगो लागेको प्रहरीले जनाएको छ । लुइजियाना टेक विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी मामिला कार्यालयले नेपालस्थित परिवारहरूसँग समन्वय गरी थप आवश्यक प्रक्रिया अघि बढाउने बताएको छ ।

    दुर्घटना युएस–८० राजमार्गको १६६ किलोमिटर क्षेत्रमा भएको हो । गाडीमा चार जना सवार रहेको र तीमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भयो भने दुईजना गम्भीर घाइते भएका छन् ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट