शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मोटरसाइकल र पिकअप ठोक्किदा नेपाली सेनाका सिपाहीसहित पाँच घाइते

मोटरसाइकल र पिकअप ठोक्किदा नेपाली सेनाका सिपाहीसहित पाँच घाइते

आषाढ ३०, २०८२ सोमवार
आषाढ ३०, २०८२ सोमवार
  • मोटरसाइकल र पिकअप ठोक्किदा नेपाली सेनाका सिपाहीसहित पाँच घाइते

    सर्लाहीमा मोटरसाइकल र पिकअप ठोक्किएर आगलागी हुँदा नेपाली सेनाका सिपाहीसहित पाँचजना घाइते भएका छन् ।

    ईश्वरपुर नगरपालिका–१३, बाँके चोक नजिकै रेल्वे ट्रयाकमा बयलवासबाट बाँके खोलातर्फ जाँदै गरेको बा. ८ च ६५ नम्वरको पिकअप र बाँके–संग्रामपुर सडकखण्डमा श्रीनगरबाट बाँके चोकतर्फ आउँदै गरेको प्रदेश ०३–०२८ प २१९१ नम्वरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार सोमबार बिहान दुर्घटना हुँदा भगवती दल गण इटहरीमा कार्यरत नेपाली सेनाका सिपाही २३ वर्षीय चन्द्रदेव धामी, मध्य पश्चिम पृतना बुटवलमा कार्यरत सिपाही २२ वर्षीय प्रशेस चौधरी घाइते भएका छन् ।

    दुर्घटनामा मोटरसाइकल सवार अर्का ब्यक्ती २१ वर्षीय अमित चौधरी र पिकअप चालक हरिवन नगरपालिका–३, डाबरी टोल बस्ने ४० वर्षीय रामएकवाल महतो र पिकअपमा सवार हरिवन नगरपालिका–२, का ६५ वर्षीय लेखनाथ उपाध्याय घाइते भएको उनले जानकारी दिए । दुर्घटनाका घाइतेहरुको उपचार भै रहेको र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार